संसद्मा ‘Made in India’ माइक देखेपछि सांसद आशिका तामाङको टिप्पणी
काठमाडौं — प्रतिनिधिसभा सदस्य आशिका तामाङ ले संसदभित्र आत्मनिर्भरता सम्बन्धी छलफल भइरहेका बेला प्रयोगमा रहेको माइकमा “Made in India” लेखिएको देखिएको भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेकी छन्।
उनले संसदभित्र आत्मनिर्भरता र स्वदेशी उत्पादनबारे बहस भइरहेका समयमा प्रयोग हुने उपकरणको स्रोतबारे प्रश्न उठाएको संकेत गरेकी हुन्।
डोलप्रसाद अर्याल को अध्यक्षतामा सञ्चालन भएको प्रतिनिधिसभा बैठकको उक्त प्रसंग सार्वजनिक भएपछि संसद्मा प्रयोग हुने सामग्री र आत्मनिर्भरता नीतिबारे पुनः बहस सुरु भएको छ।