प्रतिबन्धित नेता मार्को रुबियोलाई चीनले नाम परिवर्तन गरी स्वागत गरेको चर्चा
बेइजिङ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै विदेशमन्त्री मार्को रुबियो चीन भ्रमणमा पुगेका छन्। अमेरिकी प्रतिनिधिमण्डलको जम्बो टोलीसँगै उनी बेइजिङ पुगेका हुन्।
रुबियोमाथि पहिले नै चीनले प्रतिबन्ध लगाएको भए पनि अहिलेको भ्रमणमा उनी सहभागी भएको विषय अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ।
अल जजीराका अनुसार चीनले कूटनीतिक रूपमा उनको नामको लेखन परिवर्तन गरी “मार्को लु” भनेर चिनियाँ रेकर्डमा राखेको बताइएको छ। रिपोर्टमा यसलाई प्रतिबन्ध कायम राख्दै स्वागत गर्ने जुक्ति भनेर उल्लेख गरिएको छ।
चिनियाँ विदेश मन्त्रालयले सन् २०२५ को सुरुदेखि नै यस्तो व्यवस्थाबारे तयारी गरेको बताइएको छ। रुबियो सिनेटर हुँदा हङकङ र सिनजियाङ मुद्दामा कडा टिप्पणी गरेपछि उनी चीनको प्रतिबन्ध सूचीमा परेका थिए।
चीन भ्रमणमा ट्रम्पसँगै उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डल सहभागी भएको छ।