इरानी विदेशमन्त्री अब्बास अराघची आज चीन भ्रमणमा, क्षेत्रीय संकटबारे छलफल हुने
इरानका विदेशमन्त्री अब्बास अराघची चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। उनी आजै बेइजिङ पुगेर चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
इरानी विदेश मन्त्रालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्धसँगै पश्चिम एशियामा देखिएको पछिल्लो क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमबारे विस्तृत छलफल हुनेछ।
पछिल्लो समय इजरायल र संयुक्त राज्य अमेरिकासँग सम्बन्धित तनावका कारण पश्चिम एशियामा संकट गहिरिँदै गएको अवस्थामा यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ। अमेरिका–इरानबीचको वार्ता गतिरोधमा रहेका बेला अराघचीको चीन भ्रमण भएको हो।