एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डुमा दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
बैठकामा गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने बताइएको छ ।
गत निर्वाचनमा पार्टीले नराम्रो नराम्रो पराजय भोगेसँगै अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब बढिरहेका बेला बस्न लागेको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।
पार्टीका औपचारिक कार्यक्रममा सहभागी नहुने र बैठकसमेत नराखेपछि गत वैशाखा २५ गते उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले गुण्डुस्थित निवासमै पुगेर ओलीसँग भेटवार्ता गरेका थिए ।
बैठक नबस्दा एमालेले चुनावमा भएको पराजयको औपचारिक रुपमा समीक्षा समेत गर्न सकेको छ । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको भोलिपल्टै चैत १४ गते ओली जेनजी आन्दोलन घटनाको अनुसन्धानका लागि पक्राउ परेका थिए ।
सोही क्रममा पित्तथैलीको शल्यक्रिया गरी आराम गरिरहेका कारण ओली पार्टीका औपचारिक गतिविधिमा निश्क्रिय जस्तै छन् ।