राष्ट्रियसभा बैठकमा स्वास्थ्य, सीमा विवाद र विपद् व्यवस्थापनबारे चासो
राष्ट्रियसभा को आजको बैठकमा सांसदहरूले स्वास्थ्य क्षेत्रको सुधारदेखि सीमा विवाद र प्राकृतिक प्रकोपसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
आकस्मिक समयमा सांसद कृष्णबहादुर रोकाया ले क्यान्सर उपचारका लागि औषधि व्यवस्थापन गर्न आग्रह गरे।
त्यस्तै सांसद रेणु चन्द ले जडीबुटी र पर्यटन सम्भावना भएको लामपाटा च्याचोर क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सरकारसँग माग गरिन्।
सांसद मीनासिंह रखाल ले प्राकृतिक प्रकोपबाट प्रभावित जनताको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।