मालीमा आत्मघाती ट्रक बम आक्रमण: रक्षामन्त्री साडियो कामाराको मृत्यु
मालीका रक्षामन्त्री साडियो कामाराको विद्रोही समूहले गरेको आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ ।
राजधानी बामाको नजिकै रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी समूहहरूले गरेको संयुक्त आक्रमणका क्रममा मृत्यु भएको छ ।
आक्रमणमा रक्षामन्त्रीका परिवारका तीन सदस्यको समेत मृत्यु भएको छ । यसैगरी विद्रोहीहरूले सैन्य जुन्ताका प्रमुख जनरल आसिमी गोइटाको घरलाई समेत निशाना बनाएपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ ।
अल-कायदासँग आबद्ध जिहादी समूह र तुआरेग पृथकतावादी समूह (एफएलए) ले देशका विभिन्न स्थानमा एकैसाथ ठूला आक्रमणहरू गरेका छन् ।