पूर्णबहादुरले बोलाए आफूनिकट निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका छन्। वैशाख १५ गते बस्ने गरी आफू पक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्। बैठक महाराजगन्जस्थित स्मार्ट होटलमा बस्ने तय भएको एक नेताले बताए।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकता सभापति गगन थापालाई दिएपछिको अवस्थामा थप रणनीति बनाउनको लागि खड्काले बैठक राखेका हुन्।
पूर्वसभापति शेरबहादुर देउवाको यो समूहले सर्वोच्चको फैसला स्वीकार्ने निर्णय गरिसकेको छ। सभापति गगन थापाले खड्कासँग सहमतिको लागि संवाद पनि थालिसकेका छन्।