समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त गर्ने निर्णय
काठमाडौं — सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा आचार्यसँगै सदस्य पदमा नवराज सिंखडा र रोशनबहादुर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नयाँ नियुक्तिसँगै समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन, सम्पत्ति संरक्षण तथा पीडित निक्षेपकर्ताको हित संरक्षणका कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।