पहिलो नौ महिनामा आन्तरिक राजस्व कार्यालयद्वारा ३ अर्ब ९७ करोड राजस्व संकलन
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयका अनुसार उक्त अवधिमा चार अर्ब ३३ करोड ८२ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। संकलित राजस्वमध्ये सबैभन्दा बढी अन्तःशुल्क र आयकरबाट आम्दानी भएको छ।
कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार समयमा कर नतिर्ने १२५ व्यावसायिक फर्ममाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। कारबाहीको सूचना सार्वजनिक भएपछि १० फर्मले चार करोड ३० लाख रुपैयाँ राजस्व बुझाएका छन्।
कार्यालयमा हाल एक लाख ६६ हजारभन्दा बढी करदाता दर्ता रहेका छन्।