श्रम स्वीकृतिबारे भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन
काठमाडौँ — वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन निर्देशन दिएको छ।
विभागले आसपासका साइबर सेन्टर तथा तालिम केन्द्रहरूले ‘श्रम स्वीकृति गरिन्छ’ वा ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता सूचना राखेर सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै ती सबै सूचना चैत ३० गतेभित्र हटाउन आग्रह गरेको हो।
श्रम स्वीकृति केवल विभाग तथा तोकिएका कार्यालयमार्फत मात्र हुने स्पष्ट गर्दै विभागले निर्देशनको अवहेलना गरे कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।