नेपाल आयल निगमलाई पाक्षिक ७ अर्बभन्दा बढी घाटा, इन्धन मूल्य पुनः वृद्धि
काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ बिक्री गर्दा अझै ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको जनाएको छ । निगमका अनुसार हाल पाक्षिक रूपमा करिब ७ अर्ब ८२ करोड रुपैयाँ घाटा भइरहेको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले मूल्य वृद्धि गर्दा पनि घाटा घट्न नसकेको बताए । उनका अनुसार इन्धन आयातका लागि इन्डियन आयल कर्पोरेसन लाई बुझाउनुपर्ने बक्यौता रकम अझै १६ अर्ब ३७ करोड रुपैयाँ बाँकी छ ।
शुक्रबार सार्वजनिक सन्देशमार्फत उनले बढ्दो घाटाका कारण पुनः इन्धन मूल्य समायोजन गर्न बाध्य भएको स्पष्ट पारे । साथै, उनले उपभोक्तालाई इन्धन खपत घटाउन र मितव्ययी बन्न आग्रह गरेका छन् ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २५ रुपैयाँले मूल्य वृद्धि गरेको छ । यस्तै, खाना पकाउने ग्यासमा पनि १०० रुपैयाँले मूल्य बढाइएको छ ।