लुम्बिनी प्रदेशसभामा इन्धन मूल्यवृद्धि फिर्ता लिन सङ्घीय सरकारसँग माग
बुटवल — लुम्बिनी प्रदेशसभा को सातौँ अधिवेशनअन्तर्गत सोमबार बसेको १३औँ बैठकमा प्रदेशसभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका छन्।
बैठकमा प्रदेशसभा सदस्यहरूले इन्धनको मूल्य बढ्दा आम नागरिक, किसान र व्यवसायी प्रत्यक्ष मारमा परेको भन्दै तत्काल निर्णय सच्याउन आग्रह गरे। सदस्यहरूले सिँचाइ खर्च, यातायात भाडा र उत्पादन लागत बढेर किसान पलायनको जोखिम बढेको चेतावनी पनि दिए।
सदस्यहरूले भन्सार शुल्क, बजेट कार्यान्वयन समस्या तथा डिजिटल कम्पनीहरूलाई करको दायरामा ल्याउनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएका छन्।
बैठकमा विभिन्न समितिका प्रतिवेदनहरू पनि प्रस्तुत गरिएको थियो।