इनिशा बिक हत्या प्रकरणमा कडा कारबाहीको माग गर्दै प्रदर्शन
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
विद्यार्थी तथा महिला विभागको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले बलात्कार अन्त्य, सुरक्षित समाज निर्माण र दोषीलाई कडा सजायको माग गरेका थिए।
प्रदर्शनकारीहरूले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा मृत अवस्थामा फेला परेकी बिकको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको छ।