अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले पार्टीभित्र अनुशासन उल्लङ्घन सम्बन्धी प्राप्त उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले प्राप्त उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको हो। बैठक अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको थियो।
बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा (१.१) बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकले अनुशासनसम्बन्धी विषयलाई व्यवस्थित रूपमा अगाडि बढाउने उद्देश्यले उक्त निर्णयहरू गरेको हो।