कञ्चनपुरमा निर्वाचन प्रहरी र युवकको मृत्यु
कञ्चनपुरमा दुई अलग घटनामा दुई जनाको मृत्यु भएको छ। पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरी मानसिंह राना (३५ वर्ष) सोमबार राति बेहोस भएपछि आज धनगढीस्थित निशर्ग अस्पतालमा उपचारको क्रममा निधन भएका छन्। प्रहरीका अनुसार राना उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए।
यसैगरी, बेदकोट नगरपालिकामा मोटरसाइकल दुर्घटनामा २३ वर्षीय निरज चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चौधरी बेदकोट–७ गाउजीबाट सुडातर्फ आउँदै गर्दा मोटरसाइकल अनियन्त्रित भइ भीमदत्त नगरपालिका–१८ भगतपुरमा बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा सवार २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् र उनीहरू धनगढीमै उपचाररत छन्।
प्रहरीले दुर्घटना र स्वास्थ्य समस्या दुवै कारणले मृत्यु भएको पुष्टि गरेको छ।