अवैध भरूवा बन्दुकसहित एक पक्राउ
काठमाडौं । बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापति लाई अवैध भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
घरमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारी बाट खटिएको टोलीले घर तलासी गर्दा एक थान भरूवा बन्दुक फेला पारेको थियो।
उक्त बन्दुक बरामदसँगै प्रजापतिलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी को केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।