चीनसँग सम्बन्धित किताब जलाउने घटनामा गृह मन्त्रालयले प्रहरीलाई छानविन निर्देशन
गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धमा असर पुर्याउने किसिमको घटनामा छानविन गरी दोषीमाथि आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।
मोरङको मनमोहन टेक्निकल इन्टिच्यूमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाएको घटनामा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।
परराष्ट्र मन्त्रालयले कूटनीतिक पत्रसहित घटनाको छानविन र दोषीमाथि कारबाहीका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो।
सो घटनामा मोरङको सीडीओ प्रशासन र प्रहरीलाई कानुनी दायरामा दोषीलाई ल्याउने निर्देशन दिइएको छ।