चीनद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई
चीनले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेको अवसरमा बधाई तथा शुभकामना दिएको छ ।
चीन सरकारले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दै नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको जनाएको छ ।
सन्देशमा चीनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्न इच्छुक रहेको उल्लेख गरिएको छ ।
नयाँ सरकारसँग सहकार्य गर्दै आपसी विश्वास, विकास साझेदारी र क्षेत्रीय स्थायित्वमा योगदान पुर्याउने चीनको प्रतिबद्धता पनि उक्त सन्देशमा व्यक्त गरिएको छ ।