आमाको नामबाट नागरिकता लिने २,९४८ जना
काठमाडौं — नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ लागू भएयता हालसम्म २,९४८ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।
गृह मन्त्रालय का अनुसार नयाँ नियमावलीपछि आमाको आधारमा नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएसँगै धेरैले नागरिकता पाएका हुन्।
संशोधित व्यवस्थाअनुसार बुबा वा आमामध्ये एकले नागरिकता प्राप्त गरेको, अर्को अभिभावकको अवस्था स्पष्ट नभएको वा विदेशमा जन्मिएका तर नेपालमा बसोबास गरिरहेका सन्तानलाई प्रमुख जिल्ला अधिकारीमार्फत छानबिन गरी नागरिकता दिन सकिने व्यवस्था गरिएको छ।
नयाँ नियमावलीले स्वघोषणालाई पनि नागरिकता प्रक्रियाको आधारका रूपमा समेटेको छ भने अङ्गीकृत नागरिकता प्रदान गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरिएको छ।