२४ घण्टामा विपद्का घटनामा ४ जनाको मृत्यु, साढे २ करोड क्षति
पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्का घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४३ जिल्लामा ७३ वटा विपद्का घटना रेकर्ड भएका छन्।
मृत्यु हुनेमा हावाहुरीबाट २, सर्पदंशबाट १ र चट्याङ लागेर १ जना रहेका छन्।
यस अवधिमा हावाहुरीका ४६ र आगलागीका १२ घटना भएका छन्। विपद्का कारण करिब २ करोड ४१ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।