हुम्लामा हिमपात र वर्षापछि कृषक खुसी
हुम्लाका उच्च स्थानमा हिमपात र दक्षिणी भेगमा वर्षा भएपछि कृषकहरू खुसी भएका छन्।
उत्तरी नाम्खाका विभिन्न स्थान र सिमकोट गाउँपालिकामा हिमपात भएको छ भने दक्षिणी क्षेत्रमा वर्षा भएको छ। खेतीका लागि पानीको प्रतीक्षामा रहेका कृषकहरू यस वर्षा र हिमपातपछि उत्साहित भएका हुन्।
ताजाँकोट गाउँपालिका–३ मासपुरका स्थानीय केशबहादुर रोकायाले वर्षापछि कोदो छर्ने काम सुरु भएको बताएका छन्।