कपुरकोटमा आगलागीबाट घर जलेर नष्ट
गएराति भएको आगलागीबाट सल्यानको कपुरकोट गाउँपालिका-५ मा एक घर जलेर नष्ट भएको छ । स्थानीय डिलबहादुर विकको खरले छाएको दुई तले घर जलेर नष्ट भएको हो ।
रातिको समयमा भएको आगलागीबाट घरमा भएका सबै सामग्री जलेर नष्ट भएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । उनका अनुसार रातिमा भएकाले स्थानीय चार घण्टापछि मात्र आगो नियन्त्रणमा लिन सफल भएका थिए ।
आगलागीको खबर आएपछि अहिले प्रहरी टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिए ।आगलागीको कारण खुल्न नसकेको उनको भनाइ छ ।