पर्सा–१ देखि ४: रास्वपाका उम्मेदवार फराकिलो मतान्तरले विजयी
पर्सा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भएका छन्।
निर्वाचन क्षेत्र नं १ मा बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप यादव १४ हजार २४४ मतले पछि परेका छन्।
निर्वाचन क्षेत्र नं २ मा सुशीलकुमार कानुले ३० हजार ७४० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अजयकुमार चौरसिया ११ हजार ८९० मतमा रोकिएका छन्।
क्षेत्र नं ३ मा रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी भए, जबकि नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत प्राप्त गरेका छन्।
क्षेत्र नं ४ मा टेकबहादुर शाक्य २८ हजार छ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५३३ मत प्राप्त गरे।
यस नतिजाले पर्सामा रास्वपाको बलियो उपस्थिति पुष्टि गरेको छ।