राष्ट्रिय सभाको उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल
काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपाध्यक्ष र समिति सभापतिको निर्वाचनबारे छलफल भएको छ।
नारायणप्रसाद दाहाल को अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, र नवनिर्वाचित सदस्यहरूको समिति विभाजनसमेतका विषयमा छलफल भएको सचिवालयले जानकारी दिएको छ।
बैठकमा अनिल कुमार सिन्हा सहित राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र अन्य प्रतिनिधिहरूको सहभागिता रहेको छ।