कैलालीका पाँचै क्षेत्रमा मतगणना जारी, केही क्षेत्रमा रास्वपाको अग्रता
कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलालीका विभिन्न क्षेत्रमा जारी मतगणनामा फरक–फरक दलका उम्मेदवारले अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार केही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले उल्लेखनीय अग्रता बनाएका छन्।
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली अग्रस्थानमा
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार कोमल ज्ञवालीले अग्रता बढाएकी छन्। हालसम्मको मतगणनाअनुसार उनले ३ हजार ५०९ मत प्राप्त गरेकी छन्।
उनीसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका जनकराज चौधरीले ३ हजार १७३ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरी रहेका छन्, जसले १ हजार ५८७ मत प्राप्त गरेका छन्।
कैलाली–२ मा एमालेका सूर्यबहादुर शाह अघि
कैलाली क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का सूर्यबहादुर शाहले १ हजार २१६ मतसहित अग्रता बनाएका छन्।
उनीलाई नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले १ हजार ६ मत र नेकपाका नन्दबहादुर साउदले ८११ मतसहित पछ्याइरहेका छन्।
कैलाली–३ मा नेकपाका वीरमान चौधरी अग्रता
क्षेत्र नम्बर ३ को मतगणनाअनुसार नेकपाका वीरमान चौधरी १ हजार ८१५ मतसहित अगाडि छन्।
उनीपछि रास्वपाका जगत जोशी १ हजार ४१० मतसहित दोस्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले ९८१ मत प्राप्त गरेका छन्।
कैलाली–४ मा रास्वपाका खेमराज कोइराला सुरुआती अग्रता
कैलाली क्षेत्र नम्बर ४ को सुरुआती मतगणनामा रास्वपाका खेमराज कोइराला १८४ मतसहित अग्रस्थानमा छन्।
उनलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले १३२ मत र नेकपा (एमाले)का लेखराज भट्टले १०६ मतसहित पछ्याइरहेका छन्।
कैलाली–५ (धनगढी) मा आनन्दबहादुर चन्दको स्पष्ट अग्रता
कैलाली क्षेत्र नम्बर ५ (धनगढी क्षेत्र) मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार उनले ६ हजार ७३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नरनारायण शाहले २ हजार ३४८ मत र नेकपा (एमाले)का यज्ञराज ढुङ्गानाले १ हजार ५२० मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको छ।