रेसुङ्गामा सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु
जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
आज दिउँसो करिब २ बजे सदरमुकाम तम्घासबाट गौशालातर्फ जाने क्रममा स्थानीय ७५ वर्षीय ज्ञानेश्वर पाण्डे अचानक सडकबाट करिब १० मिटर तल खसेका थिए। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।
घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।