सुदूरपश्चिमका २ र कर्णालीका ६ मतदान केन्द्रमा मतदान हुन सकेन
काठमाडौँ — आज देशैभर मतदान जारी रहँदा सुदूरपश्चिम प्रदेशका दुई वटा तथा कर्णाली प्रदेशका छ वटा मतदान केन्द्रमा भने मतदान हुन सकेको छैन।
निर्वाचन आयोगका अनुसार सुदूरपश्चिमका बैतडी र दार्चुलाका दुई वटा मतदान केन्द्रमा मतदाताले ‘नो भोट’ भन्दै मतदानमा सहभागी नभएकाले हालसम्म मतदान हुन नसकेको हो।
त्यस्तै कर्णाली प्रदेशका विभिन्न छ वटा मतदान केन्द्रमा पनि मतदान हुन सकेको छैन। तर ती केन्द्रहरूमा मतदान नहुनुको कारण भने निर्वाचन आयोगले सार्वजनिक गरेको छैन।
देशका अधिकांश स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको आयोगले जनाएको छ।