ओलीद्वारा बालेन शाहलाई बधाई
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन शाह लाई निर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन्।
शनिबार झापा-५ मा शाह निर्वाचित भएपछि ओलीले सामाजिक सञ्जालमार्फत पुरानो तस्बिर राख्दै बधाई तथा शुभकामना दिएका हुन्।
ओलीले बालेनको आगामी पाँच वर्षे कार्यकाल सफल रहोस् भन्ने कामना गरेका छन्। उनले लेखेका छन्, “बालेन बाबु, तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्—हार्दिक शुभकामना।”
निर्वाचन परिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्।