खनालद्वारा पितृ शोकमा रहेका ओली परिवारलाई श्रद्धाञ्जली
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका खनाल सोमबार अध्यक्ष ओलीको निवास गुण्डु पुगेर उनका पिता मोहनप्रसाद ओलीप्रति सम्मान प्रकट गर्दै परिवारजनप्रति समवेदन व्यक्त गरेका थिए।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।