ओमानमा इरानी ड्रोन आक्रमण : एक नेपाली घाइते
ओमानमा भएको इरानी ड्रोन आक्रमणमा परेर एक नेपाली घाइते भएका छन्। शुक्रबार भएको उक्त आक्रमणमा नुवाकोटको ककनी घर भएका एक नेपाली सामान्य घाइते भएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार घाइते नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र शनिबार बिहान उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ।
स्रोतका अनुसार ती नेपाली आफ्नै कोठामा बसिरहेका बेला इरानी ड्रोन विस्फोट हुँदा छर्राले लागेर घाइते भएका थिए।
शुक्रबार ओमानमै भएको उक्त आक्रमणमा दुई विदेशी कामदारको मृत्यु भएको पनि बताइएको छ।