रास्वपाको सचिवालय बैठक आज बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा समानुपातिकतर्फका सांसदहरूको नाम सिफारिस गर्ने तथा पार्टीका आन्तरिक विधि–प्रक्रियासम्बन्धी विषयमा छलफल हुने एजेण्डा रहेको बताइएको छ। बैठकको समय र स्थान भने सार्वजनिक गरिएको छैन।