रसुवामा कांग्रेस उम्मेदवार आचार्यको अग्रता कायम
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रसुवामा कांग्रेस उम्मेदवार मोहन आचार्यले अग्रता कायम राखेका छन् । हालसम्मको मतगणनामा उनले २ हजार ७८६ मत सहित अग्रता कायम राखेका हुन् ।
उनलाई रास्वपा उम्मेदवार वसन्त भट्टले पछ्याइरहेका छन् । भट्टले १ हजार ४७३ मत ल्याएका छन् भने एमाले उम्मेदवार प्रेम तामाङले ८६७ मत पाएका छन् ।