सप्तरी–१ मा रास्वपाकी पुष्पाकुमारी चौधरी विजयी
सप्तरी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी भएकी छिन्।
निर्वाचन अधिकृत जानकीरमण यादवका अनुसार चौधरीले ३८ हजार ११५ मत प्राप्त गरेकी हुन्।
उक्त क्षेत्रमा स्वाभिमान पार्टीका सुमित कुमारले ७ हजार ८४७ मत प्राप्त गरे भने **नेकपा (एमाले)**का सुमनराज प्यकुरेलले ७ हजार ६५२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।