नेकपाले चुनावी घोषणापत्र निर्वाचन आयोगमा बुझायो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी घोषणापत्र निर्वाचन आयोगमा पेश गरेको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि तयार पारिएको प्रतिबद्धता पत्र प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाइएको हो ।
घोषणापत्रमा पार्टीका नीति, कार्यक्रम, प्राथमिकता तथा आगामी कार्यदिशा समेटिएको जनाइएको छ । नेकपाले घोषणापत्रमार्फत सुशासन, विकास, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर जनताको विश्वास जित्ने लक्ष्य लिएको बताएको छ ।