पूर्वमन्त्री जितेन्द्र देवले एमाले गरे परित्याग
काठमाडौं, १९ माघ। संविधान सभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्। उनले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।
विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतर्फ लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने विचार, नीति र व्यवहारसँग असहमत भएर एमाले त्यागेको उल्लेख गरिएको छ।