दाङमा प्रतिनिधिसभा निर्वाचन परिणाम डिजिटल माध्यमबाट सार्वजनिक
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी गरेको छ।
विगतमा मतपरिणाम स्पिकरको माध्यमबाट सुनाउने गरिएको भए पनि यस वर्ष डिस्प्ले बोर्ड र वेबसाइटमार्फत परिणाम हेर्न सकिने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए।
उनका अनुसार दाङका तीनवटै निर्वाचन क्षेत्रको नतिजा एकद्वार प्रणालीअनुसार विश्वसनीय रूपमा डिजिटल माध्यमबाट सार्वजनिक गरिनेछ। प्रदेशभर यस अभ्यास विस्तार गर्ने योजना भएपनि हाल दाङमै पहिलो चरणमा लागू गरिनेछ।