नेपाली बजारमा सुन–चाँदीको मूल्य उकालो, सुन तोलामा ४ हजार १०० रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार १०० रुपैयाँले बढेर ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २४० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ ।