तनहुँमा भरुवा बन्दुकसहित दुई जना पक्राउ
तनहुँको देवघाट गाउँपालिका–४ बाट दुईथान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका छन्।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको टोलीले रिस्ती खोलाबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट बारुदजस्तो कालोपदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।