भोजपुर बस दुर्घटना: ८ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
भोजपुर नगरपालिका–३ स्थित सेतीबगरनजिक निर्वाचन सुरक्षामा खटिएको नेपाली सेना सवार ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा घाइते भएका २४ जनामध्ये आठ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।