इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला
इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् ।
यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ।
इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ ।
इरानले पनि प्रतिरक्षात्मक आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।