पाकिस्तानी लडाकु जहाज जलालावादमा खस्यो, आफूले खसाएको तालिवानको दाबी
पाकिस्तानी लडाकु जहाज अफगानिस्तानको जलालावादमा खसेको छ । अफगानिस्तानका सत्ताधारी तालिवानले जहाज आफूले खसाएको दाबी गरेको हाे ।
फ्रान्सेली विश्व समाचार च्यानल फ्रान्स २४ का अनुसार जहाज खस्नु अगाडि विमानस्थल क्षेत्रबाट विष्फोट सुनिएको थियो । खसेको जहाजबाट एक जना प्यारासुटबाट हाम फालेको स्थानीयले सुनाएको फ्रान्स २४ ले उल्लेख गरेको छ ।
पाकिस्तानले ३७ स्थानमा अफगानिस्तानमा हमला गरेको उल्लेख गरेको छ । सीमा क्षेत्रको हमलामा विस्तारित भएका युद्धमा रूपान्तरण भएको हो । पाकिस्तानले वार्ता अस्वीकार गरेर खुला युद्ध भएको घोषणा गरेको छ ।