रास्वपाद्वारा निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ । पार्टीले आफ्नो प्राथमिकता, वर्तमान अवस्था र आगामी लक्ष्यहरू समेट्दै करारपत्र सार्वजनिक गरेको हो ।
करारपत्रमा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना, समन्यायात्मक समावेशीता, सनातन सभ्यताको सम्मान र धार्मिक–सांस्कृतिक विविधताको संरक्षणलाई प्राथमिकता दिइएको छ । साथै सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको सामर्थ्य र सौम्य शक्तिको विस्तार गर्दै सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान जोगाउने प्रतिबद्धता जनाइएको छ ।
रास्वपाले दलीयकरणको अन्त्य, २०४६ सालदेखि हालसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तथा सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने लक्ष्य पनि करारपत्रमा समेटेको छ ।