महोत्तरीमा खाल्डोको पानीमा डुबेर बालकको मृत्यु
महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनराशिसवा नगरपालिका-९ बथनाहाका ४ वर्षीय अमनकुमार साह रहेका छन् ।
आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर मंगलबार बिहान बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।