पेस्तोल र गोलीसहित एक पक्राउ
काठमाडौँ — नेपाल प्रहरी ले पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गा को टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेकपोइन्टबाट कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी लाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँ का प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराई का अनुसार चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९च ६९० नम्बरको कार जाँच गर्ने क्रममा पुरीलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पुरीले कालो रङको झोलाभित्र एक थान पेस्तोल र चार राउण्ड गोली लुकाएर ल्याइरहेको अवस्थामा फेला परेको थियो। बरामद हतियारसहित उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।