दार्चुलामा प्रहरी हवल्दारको हत्या: तीनजना पक्राउ, दुई युवतीसहित
दार्चुला, २७ माघ: महाकाली नगरपालिका–४ मा कार्यरत नेपाल प्रहरी हवल्दार योगेन्द्र घर्ती बुधबार हत्या भएका छन्। उनको शव स्थानीय होटल पछाडि भेटिएको थियो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार हवल्दार घर्तीलाई धारिलो हतियारले प्रहार गरिएको थियो। घटनामा संलग्न भएको आशंकामा दीपिका फर्सवान, मानमति आउजी र प्रेम बहादुर बोहरालाई नियन्त्रणमा लिइएको छ।
शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान जारी छ।