महोत्तरीमा स्रोत नखुलेको ११ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
महोत्तरीको मनरा शिसवा नगरपालिका–३ सोनौल बजारबाट स्रोत नखुलेको ११ लाख ५१ हजार ३ सय रुपैयाँसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सम्सी गाउँपालिका–७ निवासी गौतम साहलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको टोलीले पक्राउ गरेको हो। पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२–००९ प १५१७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।