मौसम अनुकूल बनेपछि १० दिनपछि तुम्लिङटार विमानस्थल खुल्यो
काठमाडौँ — प्रतिकूल मौसमका कारण पछिल्ला १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि पुनः सञ्चालनमा आएको छ। मौसममा सुधार आएपछि काठमाडौँ–तुम्लिङटार उडान पुनः सुरु भएको नागरिक उड्डयन कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिए।
तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको थियो। आज मौसम अनुकूल बनेसँगै नियमित उडान सञ्चालनमा आएको हो।
तुम्लिङटार विमानस्थलबाट निजी क्षेत्रका विभिन्न विमान कम्पनीहरूले सेवा सञ्चालन गर्दै आएका छन्। उडान पुनः सुरु भएसँगै यात्रुहरूलाई आवतजावतमा सहजता भएको छ।