कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव
नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव पेस भएको छ । सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन् ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६–२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुन: नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि निर्धारित महाधिवेशनको कार्यतालिका आगामी केन्द्रीय समितिबाट पारित गर्ने भन्दै बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर स्थगित गरेका थिए । संस्थापनले भने केन्द्रीय समितिको निर्णय महामन्त्रीले उल्टाउन नसक्ने भन्दै विरोध गरेको थियो ।