सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मकालु–५ माङ्सिमास्थित सिमली खोला नजिक बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा स्थानीय अमरबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार भारी बोकेर हिँडिरहेको अवस्थामा राईलाई करेन्ट लागेको हो। घटनापछि राईको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।