प्रचण्डले रुकुमपूर्वबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन्।
रुकुम पूर्वस्थित निर्वाचन कार्यालयमा प्रचण्ड स्वयं उपस्थित भएर उम्मेदवारी मनोनयन दर्ता गराउने प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
मनोनयन दर्ताअघि प्रचण्डले रुकुम पूर्वका परिवारजनसँग भेटघाट गरी आशीर्वाद लिने कार्यक्रम रहेको छ। त्यसपछि निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको छ।